"छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन
सोमबार, पुस ११, २०७९

गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ?
सोमबार, पुस ११, २०७९
'प्रिय, दुःख नाश गर्ने, सुखको रक्षक, श्रेष्ठ, तेजस्वी, पापको मार्ने, परमात्माको रूपमा परमात्मालाई हृदयमा धारण गरौं। भगवानले हाम्रो बुद्धिलाई सही मार्गमा प्रेरित गरून् ।'
क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउँदै
आइतबार, पुस १०, २०७९
२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
प्रधानमन्त्री देउवाद्धारा क्रिसमसको शुभकामना
आइतबार, पुस १०, २०७९
प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाउनु भयो ।

दक्षिणायनको अन्तिम औँसी आज गया श्राद्ध विधिपूर्वक गरिँदै
शुक्रबार, पुस ८, २०७९
श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।

शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव पशुपतिनाथ फर्किएपछि आरती
बुधबार, पुस ६, २०७९
धनुर्मास पूजामा पशुपतिनाथका चारै भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, शृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ ।
नेवार समुदायको मौलिक एवं प्रमुख पर्व ‘यःमरी पुन्हि’ आज धुमधामले मनाइँदै
बिहीबार, मंसिर २२, २०७९
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन्। यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ।
आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित देशभर मनाइँदै
सोमबार, मंसिर १२, २०७९
सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

पशुपतिमा बिहानैदेखि महादीपदान गर्ने भक्तजनको भिड
सोमबार, मंसिर ५, २०७९
त्रयोदशीका बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ ।

२ सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै
बिहीबार, मंसिर १, २०७९
नगरपालिकाले छुट्याएको करिब रु ३ करोडको बजेटमा दरबार बन्दैछ। नगरपालिकाले विसं २०७७ मङ्सिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सो सम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो। सोही बमोजिम महर्जन सहितका १६ स्थानीयवासीले लायकु दरबार सम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए।
कमला नदीमा भूत मेला, बिहानैदेखि श्रद्धालुको घुइँचो
मंगलबार, कात्तिक २२, २०७९
आजको दिन नयाँ-नयाँ धामी-झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ-आफ्नो घर लैजाने गर्छन् ।

कात्तिक नाचको इतिहास
सोमबार, कात्तिक २१, २०७९
‘२७ दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ,’ । नेपाल संवत् ७६१ अर्थात् वि.सं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कात्तिक नाच’ चलाएको जनविश्वास छ ।

मंगलबार बेलुकी ०५ः११ बजे देखि खग्रास चन्द्रग्रहण लाग्ने
शुक्रबार, कात्तिक १८, २०७९
यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।
साताको लोकप्रीय