उदयपुरको हाडेबास कृषि फार्ममा आगलागी
बिहीबार, वैशाख २८, २०८०
उदयपुर गढीगाउँपालिका-७ हाडेबासस्थित किसान चोक बहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित ४ गोठ र २ घर गरी ७ घर जलेर नष्ट भएको छ।
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु
मंगलबार, वैशाख २६, २०८०
“बिहान ८:४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो। नदी सुकेको थियो, अहिले १५ जनाको मृत्यु भएको खबर छ।
सिम्रिक एयर हेलिकोप्टर दुर्घटनामा घाइते १ जनाको मृत्यु
शुक्रबार, वैशाख २२, २०८०
आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका ४ हटियाको सिक्प्रुङको हम्मरे डाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
सिम्रिक एअरका पाइलट सुरेन्द्र पौडेल र यात्रु भविन गुरुङको हेलिकप्टरबाटै उद्धार
शुक्रबार, वैशाख २२, २०८०
हेलिकप्टरमा आगो लागेको छैन । वडाध्यक्ष तामाङले हेलिकप्टरमा रहेका अरू २ जना हाम फालेर सुरक्षित रहेको बताए पनि यसको पुष्टि भएको छैन ।
मातातीर्थमा चट्याङ लागेर १ पुरूषको मृत्यु
बुधबार, वैशाख २०, २०८०
मृतक मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ हुन्। उनी मिस्त्रीको काम गर्थे।
दार्चुला हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई
बुधबार, वैशाख २०, २०८०
‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उहाँले भन्नुभयो, ‘हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।’
विषालु ग्यासले लियो ११ जनाको ज्यान
आइतबार, वैशाख १७, २०८०
नालीबाट धुवाँ निस्किएको देखेको प्रत्यक्षदर्शी अरविन्द चौबेले बताए । नालीबाट ग्यास लिक भएको प्रत्यक्षदर्शीले दाबी गरे पनि प्रहरी प्रशासनले लिक हुनुको कारण भने खुलाएको छैन । पछिल्लो समय परेको वर्षाका कारण नाली थुनिएको, त्यस नालीबाटै ग्यास निस्किएको हुनसक्ने सम्भावना छ ।
मोटरसाइकल दुर्घटनामा परेका कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको मृत्यु
आइतबार, वैशाख १०, २०८०
ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए। स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरे लगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो।
पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३८ जना घाइते
आइतबार, वैशाख १०, २०८०
बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु
बिहीबार, वैशाख ७, २०८०
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको हो । यस्तै अन्य २ जना घाइते भएका छन् ।
साताको लोकप्रीय