आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
बुधबार, असोज २३, २०८१
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
मंगलबार, असोज २२, २०८१
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
आइतबार, असोज २०, २०८१
नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआराधना गरिँदै
शनिबार, असोज १९, २०८१
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो ।
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
बिहीबार, असोज १७, २०८१
आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो ।

तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत बिहान १०ः५१ बजे
बुधबार, कात्तिक २९, २०८०
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै
आइतबार, कात्तिक २६, २०८०
सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार
शनिबार, कात्तिक २५, २०८०
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।

आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ
शनिबार, कात्तिक ११, २०८०
यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
साताको लोकप्रीय