लमजुङका किसानले २५१ मेट्रिक टन अलैँची बिक्रीबाट गरे २४ करोड आम्दानी
मंगलबार, मंसिर १२, २०८०
बोयर जातका खसी बोकाले बजार नपाएपछि किसान चिन्तामा
सोमबार, मंसिर ४, २०८०
२०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले स्थानीय जातका बाख्रापालन छोडेर जिल्लामै पहिलो पटक बोयर पालन सुरू गरेका थिए। उनको फार्म र बाहिर पाल्न दिएको गरी करिब १ करोड मूल्य बराबरको बोयर बाख्रा बिक्री नहुदाँ समस्यामा छन्।
वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिने
सोमबार, मंसिर ४, २०८०
विभागले तालिम लिन चाहने इच्छुक सङ्घसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ । १० जनाजति इच्छुक भएमा तत्काल तालिम शुरु हुने र निःशुल्क तालिम प्रयोगशालामा नै दिइने विभागले जनाएको छ ।
बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
बुधबार, कात्तिक २२, २०८०
बाग्मतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्या बढेकाे छ ।
८० हेक्टर मार्सी धानबाली नेक ब्लास्ट (घाँटी मरुवा) रोगले नष्ट
मंगलबार, असोज २३, २०८०
धानमा लाग्ने ब्लास्ट रोग ३ प्रकारका हुन्छन् । ‘एउटा लिप ब्लास्ट (पातमा) हुने संक्रमण नियन्त्रणमा लिन सकिन्छ । दोस्रो फिंगर ब्लास्ट (धानको डाँठमा) लाग्ने रोगलाई पनि नियन्त्रण गर्न सकिन्छ । तेस्रो ब्लास्ट रोग भनेको नेक ब्लास्ट (घाँटी मरुवा) अर्थात् धानको बालामै लाग्ने रोग हो । यसले बाला पोटिलो नहुने, धानमा...
अब मनाङको स्याउ मनाङमै खपत हुने, हुम्देमा स्याउको वाइन उत्पादन शुरु
शुक्रबार, असोज १९, २०८०
मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ ।
बाख्राको दूध पिउँदा कत्तिको फाइदा ?
सोमबार, असोज १५, २०८०
बाख्राको दूध उनीहरूको लागि धेरै लाभदायक हुन्छ जो आफ्नो बढ्दो तौलबाट त्रसित छन्। यो दुधमा फ्याट्टी एसिडहरू हुन्छन् जसले शरीरबाट फ्याट कम गर्दछ र फ्याटलाई बढ्नबाट रोक्दछ। यसको कारणले यसले शरीरको वजन साथै मोटोपना घटाउन मद्दत गर्दछ।
इलाममा उत्पादित जडीबुटीले फ्रान्समा बजार पायो
सोमबार, असोज १५, २०८०
“नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्स लगायत देश निर्यात हुन थालेको छ”, दाहालले भने, “स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन ।
मुस्ताङको १३० रोपनी बाँझो जग्गामा सामुहिक रुपमा आलु खेती
बिहीबार, असोज ४, २०८०
लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् ।
बाँझो बारीमा कोदोखेती
शुक्रबार, भदौ २९, २०८०
उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।
जर्मनी पठाउँदै बेसारको चाना रुकुम त्रिवेणीका श्रम सहकारी
बुधबार, भदौ २७, २०८०
‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मनी पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिर देखि बेसार जर्मनी पठाउन शुरु गर्दैछौँ’, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भन्नुभयो ।
भदौमै पाक्यो म्याग्दीको भर्जुलामा सुन्तला
बुधबार, भदौ २७, २०८०
कृषक शेरपुञ्जाले झण्डै २ रोपनी क्षेत्रफलको जग्गामा सुन्तला खेती गर्नुभएको छ । साउन महिनाको अन्तिम हप्ता देखि नै पाक्न शुरू हुने भएकाले आगामी वर्ष नर्सरी बनाएर थप सुन्तलाको बिरुवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
साताको लोकप्रीय