Kath Khabar
फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै
फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरूमा क्रमशः परिवर्तन देखिएको छ । आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् ।
सगरमाथा क्षेत्रमा बाली लगाउन कठिन हुँदै
सगरमाथा क्षेत्रमा बाली लगाउन कठिन हुँदै सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । विशेष गरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले खुम्बु क्षेत्रका नागरिकहरु स्थानीय खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन् ।
श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?
श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ? पछिल्लो समय कामकाजी महिला बढेका छन् । सरकारी कार्यालयमा भन्दा दश गुणा बढी महिला निजी, सामुदायिक र गैरसरकारी संस्थामा कार्यरत छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार अहिले पनि नेपालमा प्रतिएक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुन्छ । यो मातृमृत्यु अहिले पनि उच्च हो । नेपालले दिगो विकासको लक्ष्य...
आज रानीमहल पुग्दै प्रेमिल जोडी
आज रानीमहल पुग्दै प्रेमिल जोडी
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ ! ‘किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र...
"चिया बेचेर एक बिघा खेत जोडे, छोराछोरीलाई पढाए"
"चिया बेचेर एक बिघा खेत जोडे, छोराछोरीलाई पढाए" स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसक्नुभयो । उहाँ आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउनुहुन्छ । “वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशी बताउनुहुन्छ । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु ।
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै गुरुङ
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै गुरुङ चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ ।” खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ । सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ । कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उहाँको भनाइ छ । लेक...
बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’
बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’ “पहिले दुई दिन माघे सङ्क्रान्ति मेलाजात्रा हुन्थ्यो, टाढा टाढाबाट आएकाले नाचगान गर्ने, गाउँका सामान ल्याएर बिक्री गर्ने र घरमा आवश्यक पर्ने सामान किनेर लैजाने गर्थे, सञ्चारको कुनै माध्ययम नहुँदासमेत माघे सङ्क्रान्तिमा बेनीमा मानिसको भिड थामिनसक्नु हुन्थ्यो,”
Weather Update