Kath khabar
इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या
इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या ३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आक्रमण हुँदा  उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए। एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।
दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश
दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश तहल्का डटकमका दुईजना पत्रकारले प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अप्रेसन गरेका थिए । उनले एक सिसी ब्ल्यु लेबल ह्विस्की र १० लाख रुपैयाँ घुस मागेको श्रव्य सामग्री तहल्काले प्रसारण गरेको थियो ।
फिफा महिला विश्वकप २०२३ मा न्युजिल्यान्डको विजयी शुरुवात
फिफा महिला विश्वकप २०२३ मा न्युजिल्यान्डको विजयी शुरुवात घरेलु मैदान इडेन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलले हरायो । न्युजिल्यान्डका लागि खेलको ४८ औँ मिनेटमा हाना विलकिनसनले गोल गरिन् । यो जितसँगै समूह 'ए' मा रहेको न्युजिल्यान्डले ३ अङ्क जोडेको छ ।
युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी, ५२.२ डिग्री सेल्सियस पुग्यो तापक्रम
युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी, ५२.२ डिग्री सेल्सियस पुग्यो तापक्रम त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस भन्दा धेरै मापन भएको थियो ।
महिला विश्वकपको उद्घाटन समारोहको केही घण्टा अघिको गोलाबारीमा २ जनाको मृत्यु
महिला विश्वकपको उद्घाटन समारोहको केही घण्टा अघिको गोलाबारीमा २ जनाको मृत्यु स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल शुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो ।
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा यो क्षेत्र २ वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरा मार्फत पनि निगरानी भइरहेको हुन्छ ।
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु 
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु  यसरी बाढी र पहिरो आउनुका अन्य धेरै कारणहरू भए पनि जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञले बताउँदै आएका छन् ।
क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड
क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड राष्ट्रिय मौसम सेवाले आइतबार डेथ भ्यालीको फर्नेस क्रिकमा ५३.३३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ। १० जुलाई, १९१३ मा डेथ भ्यालीको फर्नेस क्रिक र्यान्चमा पृथ्वीमा अहिलेसम्म कै उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस थियो।
अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित
अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ।
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।
Weather Update