Kath khabar
वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह
वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह यो अनौठो ग्रह हाम्रो पृथ्वीबाट २६० प्रकाश वर्षभन्दा टाढा रहेको र यसमा परेको ८० प्रतिशत प्रकाशलाई प्रतिबिम्बित गर्ने बताउँछ। यसको तुलनामा, पृथ्वीले सूर्यको प्रकाशको ३० प्रतिशत मात्र प्रतिबिम्बित गर्न सक्छ।
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु रिभरसाइड काउन्टी सेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १ सय ५० किलोमिटर दक्षिण-पश्चिममा रहेको दक्षिण-पश्चिमी रिभरसाइड काउन्टीको सहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ ।
मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते
मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यान समेत जाने गरेको पाइन्छ।प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया ४ वटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। 
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त 
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त  अश्वेत मूलका नाहेल एम नामका ती किशोर माथि पश्चिम पेरिसको नान्तेरेमा ट्राफिक स्टपमा प्रहरीले गोली हानेको थियो।अहिलेसम्म १८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १७० प्रहरी घाइते भएका छन्।
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा १ नेपाली सुरक्षागार्ड सहित बन्दुकधारीको मृत्यु
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा १ नेपाली सुरक्षागार्ड सहित बन्दुकधारीको मृत्यु समाचार अनुसार कारमा सवार १ व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो ।
टाइटानिक देखाउन गएको पनडुब्बीको भग्नावशेष फेला पर्यो, सबै यात्रुको मृत्यु भएको पुष्टि
टाइटानिक देखाउन गएको पनडुब्बीको भग्नावशेष फेला पर्यो, सबै यात्रुको मृत्यु भएको पुष्टि भग्नावशेषको प्रारम्भिक विश्लेषणले टाइटन पनडुब्बी विस्फोटका कारण डुबेको सुझाव दिएको छ। यस्तो अवस्थामा यसको उपकरण वा अक्सिजन ट्याङ्कीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ ।
टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्र अक्सिजन बाँकी
टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्र अक्सिजन बाँकी उक्त पनडुब्बीभित्र अब ३० घण्टाभन्दा कम समयका लागि मात्र अक्सिजन रहेको बताइएको छ। सन् १९१२ मा बेलायतबाट अमेरिका जाँदै गरेको टाइटानिक बाटोमा आइसबर्गसँग ठोक्किएको थियो । यो जहाजमा कुल २२०० जना सवार थिए, जसमध्ये करिब १५०० जनाको मृत्यु भएको थियो । सन् १९८५ मा टाइटानिक जहाजको भग्नावशेष भेटिएको थियो र...
खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्‍या
खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्‍या हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनी विरूद्ध ४ वटा मुद्दा रहेको बताएको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्।
Weather Update