बिहान छोरी जन्माएकी महिला साँझमा करोडपति बनिन्
आइतबार, मंसिर १८, २०७९
अनिवार्य ड्रेस कोड (हिजाब) नलगाए पछि इरानी सरकारले भत्कायो पर्वतारोही एलनाज रेकाबीको घर
आइतबार, मंसिर १८, २०७९
सरकार विरोधी कार्यकर्ताहरूले रेकाबी विरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन्। उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ। गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ।
चीनमा शून्य कोभिड नीतिको विरोधमा सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन
सोमबार, मंसिर १२, २०७९
‘हामी प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहन्छौं । हामीलाई हाम्रो स्वतन्त्रता दिनुहोस् ।’ जनताले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् ।
चीनमा राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै व्यापक प्रदर्शन
आइतबार, मंसिर ११, २०७९
कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन्।आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो।
एम-एच १७ जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला
शुक्रबार, मंसिर २, २०७९
२०१४ को जुलाई १७ मा नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको एम-एच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो। त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो।
इरानमा अज्ञात हमलाकारीद्वारा प्रदर्शनकारी र सुरक्षाकर्मी माथि भीषण गोलीबारी, ५ जनाको मृत्यु
बिहीबार, मंसिर १, २०७९
इरानको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा महसा अमिनी ३ दिनको लागि प्रहरी हिरासतमा थिइन्, सेप्टेम्बर १६ मा प्रहरी हिरासतमा उनको मृत्यु भएको थियो । मेहसा अमिनीको मृत्युपछि इरानमा विगत २ महिना देखि विरोध प्रदर्शन भइरहेको छ ।
टर्कीका धार्मिक नेता अदनानओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा ८ हजार ६ सय ५८ वर्षको जेल सजाय
बिहीबार, मंसिर १, २०७९
गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।
‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’ : इमरान खान
बिहीबार, मंसिर १, २०७९
इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्थे। ”
युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु
बुधबार, कात्तिक ३०, २०७९
नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी-२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभ सहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै
मंगलबार, कात्तिक २९, २०७९
सन् २०१८ मा अस्ट्रेलिया सरकारले चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेप सम्बन्धी कानुन पारित गरेसँगै २ देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध झनै बिग्रेको थियो ।
अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते
मंगलबार, कात्तिक २९, २०७९
युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।
भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा
सोमबार, कात्तिक २८, २०७९
अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ (एआईएफएफ)सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।
साताको लोकप्रीय