गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु, डब्लूएचओद्वारा निन्दा
बुधबार, कात्तिक १, २०८०
अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल जाने
मंगलबार, असोज ३०, २०८०
प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमण पछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजना बारेमा जानकारी लिन उहाँ इजरायल जान लाग्नुभएको हो । उहाँले गाजामा मानवीय सहायताको अवस्था बारेमा पनि जानकारी लिने कार्यक्रम छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आजदेखि तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै
मंगलबार, असोज ३०, २०८०
चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अमेरिकी पहिलो युद्धपोत विमान इजरायलमा अवतरण
बुधबार, असोज २४, २०८०
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइल लगायत सबै प्रकारका सहयोग गर्ने वाचा गर्नुभएको छ । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गर्नुभएको पनि खबरमा उल्लेख छ ।
हमासले बन्धकहरूलाई मृत्युदण्ड दिने चेतावनी
बुधबार, असोज २४, २०८०
प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायल माथि गएको शनिवार आक्रमण गरी केहीलाई अपहरण गरेको छ । घटनामा कम्तीमा ११ जना अमेरिकी नागरिकको ज्यान गएको छ ।
अफगानिस्तानमा फेरि अर्को ६.३ रेक्टरस्केलको भूकम्प
बुधबार, असोज २४, २०८०
यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात शहर देखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर १,००० जना भन्दा धेरैको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित
बुधबार, असोज २४, २०८०
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।
साताको लोकप्रीय