Kath Khabar
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर आज बिहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
इजरायलकाे गाजामा तीव्र आक्रमण, २२० जनाको मृत्यु
इजरायलकाे गाजामा तीव्र आक्रमण, २२० जनाको मृत्यु एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।“नेतन्याहु र उहाँको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेका छन्”, हमासले एक विज्ञप्तिमा भन्यो ।
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले गत आइतबार रातीदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो । “गाउँ पसेको डढेलो अहिले निभाइएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति निभाउन सफल भयौँ”, उहाँले भन्नुभयो, “नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन् । भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो लागिरहेको छ ।...
करिब २५ करोड रकमसहित काठमाडौंबाट एक व्यक्ति पक्राउ
करिब २५ करोड रकमसहित काठमाडौंबाट एक व्यक्ति पक्राउ ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो ।
अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा
अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा अमेरिकी अन्तरिक्ष निकाय नासाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै अन्तरिक्षयात्रीको फ्लोरिडा तटमा अवतरण हुने अनुमान गरिएको समुद्री अवतरणलाई मङ्गलबार साँझ ५ः५७ मा सारिएको जनाएको छ । यसपहिले नासाले यो फिर्ता यात्रा बुधबारभन्दा पहिले नै हुने तय भएको बताएको थियो ।
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गर्नुभएको थियो ।
Weather Update