राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने
सोमबार, असार १८, २०८०
प्रतनिधिसभाको बैठक ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित
आइतबार, असार १७, २०८०
“मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
१ मत नपुग्दा मुख्यमन्त्री कार्कीले गुमाए सत्ता, एमालेले गुमायो सबै प्रदेशको नेतृत्व
शुक्रबार, असार १५, २०८०
यो सँगै नेकपा एमालेले प्रदेशमा पनि सबै नेतृत्व गुमाएको छ। एमाले नेता कार्की गत पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी र एकीकृत समाजवादी सत्ताबाट बाहिरिएसँगै कार्की अल्पमतमा परेका थिए।
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
बिहीबार, असार १४, २०८०
बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।
भाटभटेनी सञ्चालक मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा
बुधबार, असार १३, २०८०
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज
बुधबार, असार १३, २०८०
अधिवक्ता युवराज सफल पौडेलले गएको जेठ १० गते निर्वाचन आयोग सहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।
ललिता निवास प्रकरण : ४ जना आरोपीलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप
बुधबार, असार १३, २०८०
यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुस देखि रोकिएको अनुसन्धान पुनः शुरु गर्दै प्रहरीले हिजो ७ जनालाई पक्राउ गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा हदम्याद लागू हुँदैन : सिआइबी
बुधबार, असार १३, २०८०
सरकारी जमिन धेरै हिनामिना भएको अवस्था छ, हामीसँग २०२० को असीमित हदम्यादको व्यवस्था छ। मीनबहादुर गुरुङको नाममा २९ रोपनी भन्दा बढी जग्गा उहाँ लगायत उहाँको परिवारका नाममा देखिन्छ।
ललिता निवास प्रकरण : आरोपीलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिँदै
बुधबार, असार १३, २०८०
सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
बुधबार, असार १३, २०८०
“राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन ।”
साताको लोकप्रीय