Kath khabar
रवि लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा
रवि लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट पहिलो पटक संवैधानिक इजलासमा परेको हो । यसअघि, एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाडियो
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाडियो मंगलबार पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । उक्त घटनाका विषयमा आज पत्रकार सम्मेलन गरेर सार्वजनकि गर्ने तयारी सीआईबीले गरेको छ ।
सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन
सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।
ललिता निवास जग्गा प्रकरण : निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह पक्राउ
ललिता निवास जग्गा प्रकरण : निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह पक्राउ आजै शाह सहित ७ जना पक्राउ पर्नेमा तत्कालीन सहसचिव कलाधर देउजा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसी रहेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ
ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ सीआईबीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिसकेको छ ।
दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता गर्नुपर्छ : सांसद महेश बस्नेत
दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता गर्नुपर्छ : सांसद महेश बस्नेत उनले भने, “३० लाख दुग्ध किसान, ६ सय दुग्ध उद्योग, १ हजार ८ सय सहकारी र दैनिक १ करोड उपभोक्ताको बिचमा सेवा दिइरहेको दुग्ध विकास बोर्डलाई खारेज गर्नुपर्ने आवश्यकता किन रह्यो  यो किसान विरोधी निर्णय हो, राष्ट्रको अहितमा छ ।
प्रतिनिधि सभामा एमाले र रास्वपाको अवरोध
प्रतिनिधि सभामा एमाले र रास्वपाको अवरोध एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै उठेर विरोध गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिए
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिए प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि समितिले विवेक प्रयोग गर्न नसकेको उनले आरोप लगाए । आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि सक्रिय रहने उनको भनाइ छ ।
अख्तियारले जोख्यो जलहरी, के हो पशुपतिनाथको जलहरी  विवाद ?
अख्तियारले जोख्यो जलहरी, के हो पशुपतिनाथको जलहरी विवाद ? पशुपतिमा सुनको जलहरीको विषय प्राण–प्रतिष्ठा गर्नुपूर्व नै विवादित बन्यो। मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको हो।
जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी
जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ।
टुकुचामाथिको जग्गा अध्ययन हुँदै
टुकुचामाथिको जग्गा अध्ययन हुँदै अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानगरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।
Weather Update