Kath khabar
सरकारको नीति तथा कार्यक्रम आज
सरकारको नीति तथा कार्यक्रम आज प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाडौंमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ ।
एक इन्च जमिन छोड्दैनौँ, छिमेकीको पनि चाहिँदैन : प्रधानमन्त्री प्रचण्ड
एक इन्च जमिन छोड्दैनौँ, छिमेकीको पनि चाहिँदैन : प्रधानमन्त्री प्रचण्ड सांसद रघुजी पन्तले नेपाल-भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षा लगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गर्नुभएको थियो । 
संसद बैठक अघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
संसद बैठक अघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो। बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार समशेर मिया काठमाडौंबाट पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार समशेर मिया काठमाडौंबाट पक्राउ नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका मियाँ विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यस लगत्तै उनी फरार थिए। उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आज संसदमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुँदै
आज संसदमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुँदै व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा संसदमा दलहरुको हैसियतका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।
सर्वोच्चले चोलेन्द्र शमशेर जबराको मुद्दामा माग्यो बहस नोट
सर्वोच्चले चोलेन्द्र शमशेर जबराको मुद्दामा माग्यो बहस नोट महाभियोग दर्ता भएलगत्तै निलम्बनमा राणाले अवकाश प्राप्त गरेपछि पनि उक्त विवाद निष्कषर्मा पुग्न सकेको छैन । गत मङ्सिर १ गते सङ्घीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र राणालाई लेखेका थिए।
सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुँदैन : नेकपा एमालेका अध्यक्ष ओली
सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुँदैन : नेकपा एमालेका अध्यक्ष ओली अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको जिकिर गरे। ओलीले राजनीति अस्थीरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रीत रहेको आरोप लगाए।
चोलेन्द्र शमशेर जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
चोलेन्द्र शमशेर जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा जबरा विरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णय विरुद्धको  रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो। अब अर्को यही जेठ ३१ का लागि तोकिएको छ।
Weather Update