रेशम चौधरीलाई नछुटाइएमा देशमा आगो बल्ने धमलापत्नी एलिजाको धम्कीपूर्ण अभिव्यक्ति
बुधबार, जेठ ३, २०८०
नागरिक उन्मुक्ति पार्टीद्धारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा
बुधबार, जेठ ३, २०८०
यस्तै पार्टीले तीन दिनभित्र आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी पनि दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज प्रहरीले नबुझाउने
बुधबार, जेठ ३, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा अहिलेसम्म १४ जना पक्राउ परेका छन् ।
मदन भण्डारी र जिवराज आश्रितको मृत्यु रहस्यको पर्दा भित्र लुकेको छ : माधव नेपाल
बुधबार, जेठ ३, २०८०
उनले मदन-आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रो सँग छानविन हुन नसकेको बताए। कार्यक्रममा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकमा खुल्ला रुपमा भइरहेको विदेशी शक्तिको हस्तक्षेपलाइ रोक्नुपर्ने बताए।
रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चबाट पनि सदर
मंगलबार, जेठ २, २०८०
मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइ गर्दै चौधरीलाई जेल पठाउने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो। नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
सर्वोच्चद्वारा अयोग्य लडाकुलाई रकम बितरण गर्ने सरकारको निर्णयमा रोक
मंगलबार, जेठ २, २०८०
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो। सरकारको सो निर्णय विरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए।
१० दलको बैठक सम्पन्न : नीति तथा कार्यक्रमबारे छलफल
मंगलबार, जेठ २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेश गर्न लागेको नीति कार्यक्रम माथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका हुन् ।
भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँणको बयान जारी
मंगलबार, जेठ २, २०८०
गत बुधबार पक्राउ परेका खाणको सोमबारबाट बयान सुरु भएको हो ।
निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने शंका छ : माधव नेपाल
मंगलबार, जेठ २, २०८०
बैठकमा बोल्दै उनले सो विमानस्थलको महत्व अर्थमन्त्री महतले नबुझेको कि भनेर प्रश्न समेत गरे। अध्यक्ष नेपालले मुलुकको 'गेम चेन्जर प्रोग्राम'को रूपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरूलाई पनि विशेष ध्यान दिन आग्रह गरे।
गठबन्धनको बैठक पछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
मंगलबार, जेठ २, २०८०
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।
संसदीय समितिको भागबण्डामा ३ दलको सहमति, रास्वपा र राप्रपा अन्योलमा
मंगलबार, जेठ २, २०८०
नयाँ सहमति अनुसार नेकपा एमालेले ३ वटा समितिको सभापति पाउने भएको छ । त्यस्तै, बाँकी रहेको ७ समितिमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीलाई बाँकी समितिको नेतृत्व दिने तयारी छ।
नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीको बयान आज पनि
मंगलबार, जेठ २, २०८०
आइतबार राति पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारदेखि नै बयान शुरु भएको छ । तर उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सुनाएपछि उनलाई पनि पूरा बयान लिइएको थिएन । प्रहरीले मंगलबार दुवैको बयान सक्ने तयारी गरेको छ ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेका आङ्टावा शेर्पाको लडेर टाउकोमा चोट
मंगलबार, जेठ २, २०८०
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए ।
साताको लोकप्रीय