Kath khabar
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड ९८ लाख हिनामिना, मधेसका पूर्वमन्त्री सहित ७ जना विरुद्ध मुद्दा दायर
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड ९८ लाख हिनामिना, मधेसका पूर्वमन्त्री सहित ७ जना विरुद्ध मुद्दा दायर आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस ३ दिने भ्रमणका लागि नेपाल आउँदै
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस ३ दिने भ्रमणका लागि नेपाल आउँदै २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
प्रतिनिधिसभाको बैठक जारी (LIVE)
प्रतिनिधिसभाको बैठक जारी (LIVE)
बंगलादेशको कृषि अवलोकन गर्न आरजू राणाको नेतृत्वमा १० सांसदको टोली ढाकामा
बंगलादेशको कृषि अवलोकन गर्न आरजू राणाको नेतृत्वमा १० सांसदको टोली ढाकामा विमान बंगलादेशबाट १० जनाको टोली काठमाडौंबाट ढाका पुगेको छ । टोलीमा सांसद प्रकाश पन्थ, अनिसा नेपाली, विनिता कडायत, अम्बर बहादुर थापा, सिंग बहादुर विश्वकर्मा, सूर्य कुमारी श्रेष्ठ, रुपा सोशी चौधरी र शारदा देवी भट्ट छन् । 
पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको अख्तियारको निष्कर्ष
पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको अख्तियारको निष्कर्ष अख्तियारले अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा.मिलनकुमार थापा र कोषका तत्कालीन स्टोर किपर अरुण कुमार श्रेष्ठलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई प्रधानमन्त्रीको निर्देशन
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीले मूल्य घटाउन निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्री शर्माले त्यससम्बन्धमा आयल निगमले सूचना जारी गर्ने बताइन् ।
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री दाहाल
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री दाहाल “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।
पुराना दलहरुलाई रवि लामिछानेको अपिल : ४ वर्षमा यसरी काम गर्नुस् कि हाम्रो जमानत जफत होस्
पुराना दलहरुलाई रवि लामिछानेको अपिल : ४ वर्षमा यसरी काम गर्नुस् कि हाम्रो जमानत जफत होस् "यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्, जनताले तपाईँहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्", उनले भनेका छन् ।
‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन : मेयर बालेन्द्र शाह
‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन : मेयर बालेन्द्र शाह मेयर शाहले ‘ई’ को जायज माग पूरा गर्नुपर्छ भन्दै ऐक्यबद्धता जनाउने नेताहरूलाई पनि सतही कुरा गरेर राजनीति नगर्न आग्रह गर्नुभएको छ । केपी ओली, बाबुराम भट्टराई, गगन थापा, कमल थापा, स्वर्णिम वाग्ले लगायतलाई सम्बोधन गर्दै उहाँले जायज माग पूरा गर्ने सतही कुरा गर्नुभन्दा स्पष्ट कानुन बनाउन आग्रह गर्नुभएको छ ।
Weather Update