Kath Khabar
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका विषयमा आफूहरू संवेदनशील रहेको बताउनुभयो । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगेका समस्याहरू वास्तवमै पीडादायी भएको मैले बुझेको छु । नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवालहरूलाई समेट्ने गरी कानुन बनाउने र बनेका कानुनको कार्यान्वयन गर्न नगर सरकारले ध्यान दिनेछ”,...
चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते
चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ ६ः३० बजेतिर आक्रमण ग¥यो । मधुवन नगरपालिका–४, गमक्का निवासी मुन्सिराम थारूका चार वर्षीय छोरा शुभम् थारूलाई स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरियो ।
काठमाडौँको  आकाशबाट बादल फाट्न केही दिन लाग्ने
काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।
‘चाँडै बौरिने छ जडीबुटी कम्पनी’
‘चाँडै बौरिने छ जडीबुटी कम्पनी’ जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उहाँको मन रोएको छ । महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ ।
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ । त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब...
नुहाउने क्रममा खोलामा डुबेर तीन बालकको मृत्यु
नुहाउने क्रममा खोलामा डुबेर तीन बालकको मृत्यु सिस्नेरी बजार पछाडि रहेको खोलामा नुहाउन गएका तीनै जना पौडी खेल्ने क्रममा डुबेका थिए
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो । जजिरा एयर, एयर इन्डिया र फ्लाइ दुवईका विमान डाइभर्ट भएको उहाँले बताउनुभयो ।
Weather Update