Kath khabar
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न
पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न आज पूर्णिमाका दिन दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकआपसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । साँझ चझ र चिराग पूजा गरेपछि जात्रा सकिएको हो ।
जडीबुटीमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु
जडीबुटीमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु दुर्घटना हुँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मी देवी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यि पाँचवटा प्रदेशमा मनसुनको प्रभाव
यि पाँचवटा प्रदेशमा मनसुनको प्रभाव अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
Weather Update