जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
आइतबार, असोज १३, २०८१
काभ्रेको रोशीमा फसेकाको उद्धार गर्न हेलिकप्टर परिचालन
आइतबार, असोज १३, २०८१
सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ ।
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
आइतबार, असोज १३, २०८१
सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्काेट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
आइतबार, असोज १३, २०८१
सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।
विपद् अपडेट : ८७ जनाको मृत्यु, ७२ बेपत्ता
शनिबार, असोज १२, २०८१
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिनुभयो । अरु ३६ जना घाइते भएका छन् ।
साताको लोकप्रीय