जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति (सूचीसहित)
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति लगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ ।
१९ वर्षकि जमुना, जसले श्रीमान् र गर्भको आठमहिने शिशुलाई समेत भूकम्पमा गुमाइन्
मंगलबार, कात्तिक २१, २०८०
जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्दिनन्। निकै कम बोल्छिन्। जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन्। जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
मंगलबार, कात्तिक २१, २०८०
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
इन्स्पेक्टरले प्रहरी कार्यालय भित्रै कुटे सेवाग्राहीलाई
सोमबार, कात्तिक २०, २०८०
‘म आवेगमा आएर फोनमा अलि बढी बोलेको हो, त्यो स्विकार्छु। त्यो विषयमा माफी पनि मागेको थिएँँ,’ अधिकारीले भने, ‘तर, उहाँले मलाई कार्यालय भित्रै पाइपले कुट्नुभयो। पिँडौलामा पटकपटक पाइपले हान्नुभएको छ। अहिले उपचार गराइरहेको छु।’
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गयो
सोमबार, कात्तिक २०, २०८०
सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले पठायो डिजास्टर रिलिफ सिस्टम कन्टेनर
सोमबार, कात्तिक २०, २०८०
विद्यालयमा प्रधानाध्यापकको मृत्यु पश्चात मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सोमबार, कात्तिक २०, २०८०
विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए। सहयोगी फर्किएसँगै प्रअलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनको दुवै खुट्टा भुइँमा छोएको बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्त्धान थालेको छ।
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण
सोमबार, कात्तिक २०, २०८०
राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताए ।
एनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग
सोमबार, कात्तिक २०, २०८०
संघको ग्लोबन फाउण्डेसन र एमआईटी फाउण्डेसनको पहलमा विभिन्न देशमा रहेका एनसीसी र व्यक्तिगत रुपमा पनि सहयोग अभियान जारी रहेको छ । संघका अध्यक्ष कुँवरले यसअघि पनि भूकम्प पीडितले प्रत्यक्ष सहयोग महशुस हुनेगरी सहयोग प्रदान गर्ने बताउँदै विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोगको लागि अपील गरेका थिए ।
चिसोमा रात कटाइरहेका भूकम्प पीडितहरु भन्छन्, ‘अहिलेसम्म राहत पाएको छैन’
सोमबार, कात्तिक २०, २०८०
“हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको...
साताको लोकप्रीय