Kath Khabar
एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।
साफ यू-१९ च्याम्पियनसिप : भुटानलाई ६-५ गोलले हराउँदै पाकिस्तान फाइनलमा
साफ यू-१९ च्याम्पियनसिप : भुटानलाई ६-५ गोलले हराउँदै पाकिस्तान फाइनलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो ।
मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालको टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो कीर्तिमान
मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालको टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो कीर्तिमान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्यमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो।  जम्यासुरेनले १० रन जोड्नु बाहेक अरूले  दोहोरो रन जोड्न नपाई आउट भए। 
यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै
यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुक मध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदक बिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा 
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा  दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले २ तथा प्रशान्त लक्षम र नीराजन धामीले १-१ गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्। 
१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै
१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान समूह 'ए' को शीर्ष स्थानमा छ । १ अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।
Weather Update