जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य
शनिबार, वैशाख १६, २०८०
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै
शुक्रबार, वैशाख १५, २०८०
समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १-० गोलको हार ब्यहोरेको थियो । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै
शुक्रबार, वैशाख १५, २०८०
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
बिहीबार, वैशाख १४, २०८०
अब फाईनल प्रवेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ । नेपालले शनिबार समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।
खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य
बिहीबार, वैशाख १४, २०८०
यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ ।
एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै
बिहीबार, वैशाख १४, २०८०
कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ ।
एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा
बुधबार, वैशाख १३, २०८०
यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका ५ जना ब्याट्सम्यानले अर्धशतक बनाए ।
एसीसी प्रिमियर कप : बहराइनलाई ८ विकेटले हराउँदै यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा
बुधबार, वैशाख १३, २०८०
यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयो । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए ।
चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई
बुधबार, वैशाख १३, २०८०
म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरूले समुद्री सतहदेखि ३ हजार ६०० मिटर उचाइमा दौडेका हुन् । विजेताहरुलाई मंगलबार बिहान रारा तालको किनारमा औपचारिक कार्यक्रम गरि पुरस्कार प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।
एसीसी प्रिमियर कप : मलेसियासंग कतार ३ विकेटले पराजित
मंगलबार, वैशाख १२, २०८०
कतारले दिएको २ सय १६ रनको लक्ष्य मलेसियाले ३४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । मलेसियाका सइद अजिजले सर्वाधिक ८० रन बनाए ।
८ पटक च्याम्पियन मनाङ लगातार पाँचौं खेलमा पुलिस क्लबसंग १-० गोलले पराजित
मंगलबार, वैशाख १२, २०८०
खराब लयबाट गुज्रिरहेको मनाङ लिग इतिहासमा पहिलो पटक लगातार ५ खेलमा पराजित भयो। २०४३ साल देखि 'ए' डिभिजन लिग खेल्न थालेको मनाङले इतिहासकै खराब प्रदर्शन गर्ने क्रममा लगातार ५ पराजय भोगेको हो।
एसीसी प्रिमियर कप : सिङ्गापुर कुवेतसंग ४ विकेटले पराजित
मंगलबार, वैशाख १२, २०८०
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभर ४ बलमा १ सय १३ रन बनाएको थियो ।
शहीद स्मारक 'ए' डिभिजन लिग : एपीएफले खुमलटारलाई २-० गोलले हरायो
सोमबार, वैशाख ११, २०८०
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा एपीएफले खुमलटारलाई २-० गोलले हराएको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले १/१ गोल गरे ।
साताको लोकप्रीय