विश्वकप ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरे मेसीले
मंगलबार, पुस ५, २०७९
फ्रान्सका करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
मंगलबार, पुस ५, २०७९
फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए ।
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन
सोमबार, मंसिर २६, २०७९
मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए ।
विश्वकप २०२२ : अर्जेन्टिनासंग मेक्सिको २-० ले पराजित
आइतबार, मंसिर ११, २०७९
अन्य खेलहरुमा, साउदीमाथि २-० को जित निकालेको पोल्यान्ड ४ अंकसहित समूह "सी"को शीर्षस्थानमा रहेको छ । ३ अंक बटुलेको साउदीले समूह चरणको अन्तिम खेलमा मेक्सिको विरुद्ध प्रतिस्पर्धा गर्ने छ । पोल्यान्डसँग गोलरहित खेलेको मेक्सिकोलाई अर्जेन्टिना विरुद्धको हारले अन्तिम १६ मा स्थान बनाउन कठिन हुने भएको छ ।
विश्वकप २०२२ इरानसंग वेल्स २-०ले पराजित
शुक्रबार, मंसिर ९, २०७९
केहीबेर अघि सकिएको खेलमा इरानले वेल्सलाई २-० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे । वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो ।
एन्फा अध्यक्ष विश्वकप हेर्न जानेभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई
शुक्रबार, मंसिर २, २०७९
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागिता जनाउन कतार जाने भएपछि लामालाई कार्यवाहकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।
यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय शृङ्खला
शुक्रबार, मंसिर २, २०७९
नेपालले अर्को महिना डिसेम्बरमा नामिबिया र स्कटल्याण्ड विरुद्ध नामिवियामा गएर खेल्न लागेको विश्व क्रिकेट लिग डिभिजन २ अगाडि यो शृङ्खलालाई तयारीको रूपमा खेलेको हो। कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले शुरुमा यूएईलाई १७६ रनमा नै रोक्यो। त्यसपछि संयमित ब्याटिङ गर्दै जम्मा ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सक्यो।
१ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले सुरू गर्यो जवाफी ब्याटिङ
शुक्रबार, मंसिर २, २०७९
३ एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितीमा रहेको छ। पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो। दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन्।
१९२ रनको लक्ष्य पाएको नेपालले ब्याटिंगमा खराब शुरुवात
बुधबार, कात्तिक ३०, २०७९
युएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुवात गरेको छ। नेपाली १३ रनमा नै महत्त्पूर्ण २ विकेट गुमाएको छ। नेपालका अर्जुन साउद र आशिफ शेख आउट भएका छन्। अर्जुन साउद आज ० मा आउट भएका छन् भने आशिफ शेख ६ रनमा आउट भएका छन्।
अष्ट्रेलियाले टेनिस सुपरस्टार नोभाक जोकोभिच माथिको भिसा प्रतिबन्ध फुकुवा गर्ने
मंगलबार, कात्तिक २९, २०७९
गत वर्ष कोरोनाको खोप नलगाइकन मेलबर्न पुगेपछि त्यहाँको अध्यागमन मन्त्रालयले जोकोभिचको भिसा खारेज गर्दै स्वदेश फिर्ता पठाइदिएको थियो। त्यस घटनापछि अष्ट्रेलियाले सार्वजनिक स्वास्थ्यमा खेलवाड गरेको भन्दै उनलाई ३ वर्ष भिसा प्रतिबन्ध लगाएको थियो।
टी-२० विश्व कप : इङ्ग्ल्यान्डलाई उपाधि जित्न १ सय ३८ रनको लक्ष्य
आइतबार, कात्तिक २७, २०७९
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
आज नेपाल र पाकिस्तान भिड्दै
शुक्रबार, कात्तिक २५, २०७९
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपल्ट मैदानमा फर्किन लागेको पाकिस्तानी टिम कात्तिक २७ मा काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल हेर्न ५०० र १००० को टिकट, भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने
बिहीबार, कात्तिक २४, २०७९
एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।पाकिस्तानले सुरुमा नेपालसँग २ खेल खेल्ने प्रस्चाव गरेको थियो तर नेपालले मंसिर ४ गते चुनाव भएकोले १ खेल मात्र खेल्ने निर्णय गरेको हो ।
साताको लोकप्रीय