Kath khabar
अवकाश पछि बस्नको लागि निजी जग्गामा घर बनाइदिन राष्ट्रपति विद्या भण्डारीको सरकारसँग आग्रह
अवकाश पछि बस्नको लागि निजी जग्गामा घर बनाइदिन राष्ट्रपति विद्या भण्डारीको सरकारसँग आग्रह राष्ट्रपति विद्यादेवी भण्डारीको अहिले बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा साढे २ तले घर छ । सो घरको अहिले मर्मतको काम सकिने चरणमा छ । तर सो घर साँघुरो हुने भन्दै राष्ट्रपति कार्यालयले नयाँ घर बनाइदिन सरकारसँग आग्रह गरेको हो । 
माइतीघर मण्डलामा काठमाडौंका मेयर शाह विरुद्ध प्रदर्शन
माइतीघर मण्डलामा काठमाडौंका मेयर शाह विरुद्ध प्रदर्शन मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुने गरी डोजर आतङ्क फैलाएकाले खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताउनुभयो । मेयर शाहले नागरिकलाई दुःख दिने काम गरिरहे सह्य नहुने उहाँले चेतावनी दिनुभयो ।
रवि लामिछानेले पुनः पाए नेपाली नागरिकता
रवि लामिछानेले पुनः पाए नेपाली नागरिकता लामिछानेले नागरिकता पुन: लिइसकेपछि अब उनलाई मन्त्री लगायत सार्वजनिक पद लिन बाटो खुलेको छ। नेपालको कानुनले सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने सुविधा दिएको छ। लामिछाने फेरी मन्त्री बन्ने वा नबन्ने र उनको सांसद पद रिक्त भएपछि हुन लागेको उपनिर्वाचनमा भाग लिने वा नलिनेबारे धेरैले चासो राखिरहेका छन्।
हरिबोल गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त
हरिबोल गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गजुरेल सिन्धुलीका हुन्, गत मंसिरमा भएको चुनावमा उनले पार्टीबाट टिकट पाएका थिएनन्। सिन्धुलीमा प्रतिनिधि सभा २ वटा क्षेत्र रहेकोमा एउटामा माओवादी र अर्कोमा नेपाली कांग्रेस तत्कालीन गठबन्धनबाट उम्मेदवार थिए।
सरकारबाट बाहिरिने तरखरमा जनमत पार्टी : सिके राउत
सरकारबाट बाहिरिने तरखरमा जनमत पार्टी : सिके राउत पहिलाको सम्झौताअनुसार मन्त्रालय नपाए पछि अध्यक्ष सिके राउतले बुधबार मन्त्री खानलाई राजीनामा दिन बालुवाटार पठाएका थिए। ‘सहमति कार्यान्वयन नभए राजीनामा दिन भनेको हो,’ राउतले बिहीबार भने, ‘प्रधानमन्त्रीले विचार गर्नुस् न १-२ दिन भन्नुभयो, हामी वेट एन्ड सीमा छौं।’
सचिवालयको कार्यतालिका सार्वजनिक, सभामुखका लागि भोलि १-४ बजेसम्म उम्मेदवारी दर्ता
सचिवालयको कार्यतालिका सार्वजनिक, सभामुखका लागि भोलि १-४ बजेसम्म उम्मेदवारी दर्ता सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ। सत्ता गठबन्धनका एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ।
मन्त्रिपरिषदले पूर्णता पाउन अझै २ मन्त्रालय बाँकि
मन्त्रिपरिषदले पूर्णता पाउन अझै २ मन्त्रालय बाँकि सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई दिन यी २ मन्त्रालय राखिएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। जसपाबाट प्रतिनिधि सभामा १२ जना सांसद छन्। जसपाले उपराष्ट्रपति पनि दाबी गरेको छ। तर उपराष्ट्रपतिमा माओवादीको पनि दाबी छ।
शीतल निवासमा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ
शीतल निवासमा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले शपथ लिएका हुन् ।
प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, शपथ दिउँसो १ बजे
प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, शपथ दिउँसो १ बजे राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न लागेका छन् भने अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी छ।
अमेरिकी संसदमा नेपाली मूलका ह्यारी भण्डारीद्वारा गीता छोएर शपथ ग्रहण
अमेरिकी संसदमा नेपाली मूलका ह्यारी भण्डारीद्वारा गीता छोएर शपथ ग्रहण ‘म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनु भएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु ।’ भण्डारीले आफ्नो कार्यालय रहेको स्थानमा नेपालको झन्डा र सगरमाथाको फोटो समेत राख्नु भएको छ । 
कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित छ : उपसभापति पूर्णबहादुर खड्का
कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित छ : उपसभापति पूर्णबहादुर खड्का ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ । त्यो बेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ । त्यहीअनुसार यस पटक पनि देशको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो ।’ 
एक्लै भए पनि जनमोर्चा प्रतिपक्षमा बस्छ : अध्यक्ष चित्रबहादुर केसी
एक्लै भए पनि जनमोर्चा प्रतिपक्षमा बस्छ : अध्यक्ष चित्रबहादुर केसी अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरूबाट सरकारमा नगइ, देशको प्राकृतिक स्रोत, साधनको दोहन नगरि चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने टिप्पणी गर्नुभयो ।
Weather Update