Kath khabar
आजदेखि महावीर पुनको आविस्कार आन्दोलन माइतीघरबाट शुरु
आजदेखि महावीर पुनको आविस्कार आन्दोलन माइतीघरबाट शुरु उहाँले आन्दोलनमा  अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन, यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था, पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गर्नुभएको छ ।
तस्करीको समान बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते चालक फरार
तस्करीको समान बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते चालक फरार प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समान सहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भई दुर्घटना हुदा ४ जना घाइते भएका हुन्।
मोरङमा ‘ब्वाइफ्रेन्ड’ खोसेको भन्दै सहपाठी कुट्ने १३ बालिका पक्राउ
मोरङमा ‘ब्वाइफ्रेन्ड’ खोसेको भन्दै सहपाठी कुट्ने १३ बालिका पक्राउ घटनामा संलग्न रहेका विद्यार्थीहरू १३ देखि १७ वर्ष उमेर समूहका रहेका छन्। अनुसन्धान र सार्वजनिक भिडियोमा प्रेमी (ब्वाइफ्रेन्ड) खोसेको आरोप लगाउँदै उनीहरूले ती बालिकालाई कुटपिट गरेको देखिएको छ। वैशाख ६ गते दिउँसो करिब साढे १२ बजे भएको सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
आज बौद्धिक सम्पत्ति दिवस विश्वभर मनाइँदै
आज बौद्धिक सम्पत्ति दिवस विश्वभर मनाइँदै विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।
२४औं मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा सालिकमा माल्यार्पण
२४औं मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा सालिकमा माल्यार्पण अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो ।
मन्त्रिपरिषद् द्वारा फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने निर्णय
मन्त्रिपरिषद् द्वारा फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने निर्णय उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
अव्यवस्थित तार हटाउन काठमाडौं महानगरपालिकाले दियो १५ दिने अल्टिमेटम
अव्यवस्थित तार हटाउन काठमाडौं महानगरपालिकाले दियो १५ दिने अल्टिमेटम पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारले सहरी सुन्दरतामा ह्रास पुर्याएको आगलागीको जोखिम बढाइरहेको तथा सार्वजनिक आवागमनमा असर गरिरहेको महानगरले बताएको छ । 
शुरु भयो  मुस्ताङमा चौँरीको आलो रगत पिउने मेला
शुरु भयो मुस्ताङमा चौँरीको आलो रगत पिउने मेला “पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ”, स्थानीय नरबहादुर हिराचनले भने।
अदालतभित्रै होहल्ला गरी अशान्ति मच्चाउने ३ जना पक्राउ
अदालतभित्रै होहल्ला गरी अशान्ति मच्चाउने ३ जना पक्राउ दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादी लगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।
श्रद्धेय कलाकार मदनकृष्णद्वारा रक्तदान कार्यक्रम आयोजना गरी जन्मदिन मनाए
श्रद्धेय कलाकार मदनकृष्णद्वारा रक्तदान कार्यक्रम आयोजना गरी जन्मदिन मनाए रक्तदान जीवनदान भन्ने नारासहित उनले आफ्नो जन्म दिन भव्यताका साथ मनाएका हुन्। अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको उनले बताए। 
नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्ता सम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन्।
आज सूर्य ग्रहण, नेपालमा सुतक नलाग्ने
आज सूर्य ग्रहण, नेपालमा सुतक नलाग्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।
Weather Update