Kath khabar
प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास
प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ अर्ब ९२ करोड ७० लाख रूपैयाँ लागतमा बन्ने यो टर्मिनल भवन आगामी ३ वर्षमा सम्पन्न हुनेछ।
बादी समुदायका व्यथा : व्यवस्था बदलियो तर अवस्था बदलिएन
बादी समुदायका व्यथा : व्यवस्था बदलियो तर अवस्था बदलिएन अझै बस्तीका ५० परिवार झुपडीमै बस्दै आएका छन्। बादी परिवारलाई कमाई खाने जग्गा, पुख्र्यौंली गीत सङ्गीतको पेशा जगेर्ना र युवालाई सीपमूलक रोजगारीमा संलग्न गराउन उनीहरु माग गर्छन्।
कोशी प्रदेश नामकरणको विरोध उग्र भएपछि १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार
कोशी प्रदेश नामकरणको विरोध उग्र भएपछि १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार घटनामा ६ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताए ।
भारतको फरार सूचीमा रहेका अमृतपाल सिंह नेपाली अध्यागमनको निगरानीमा
भारतको फरार सूचीमा रहेका अमृतपाल सिंह नेपाली अध्यागमनको निगरानीमा काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। आइतबार दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो। 
प्रधानमन्त्री दाहालद्वारा चिडियाखानाको अवलोकन
प्रधानमन्त्री दाहालद्वारा चिडियाखानाको अवलोकन ३० वर्षअगाडि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई व्यवस्थापन गर्ने जिम्मा प्राप्त भएपछि थप आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रिया समेत दिए।
सरकारद्वारा मृतक पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय
सरकारद्वारा मृतक पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै  गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको कुटाइबाट लिम्बू घाइते भएका थिए। उनको धरानस्थित विपी कोईरालन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो।
बर्दिबासदेखि १२औँ दिनमा हिँडेरै मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु
बर्दिबासदेखि १२औँ दिनमा हिँडेरै मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन्। सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन्।
मन्त्रिपरिषदद्वारा बसन्त कुँवरलाई आइजिपी बनाउने निर्णय
मन्त्रिपरिषदद्वारा बसन्त कुँवरलाई आइजिपी बनाउने निर्णय ५ जना एआइजी मध्यबाट सरकारले पहिलो बरियतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।
नेपालमा आधाभन्दा बढी जनताले अझै दाउरामै खाना पकाउँछन्
नेपालमा आधाभन्दा बढी जनताले अझै दाउरामै खाना पकाउँछन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरेको प्रतिवेदनमा ५१ प्रतिशत जनताले खाना पकाउन काठ र दाउरा प्रयोग गर्ने गरेका देखिएको हो।
'तमसुक व्यवस्था खारेज गर’ नारा सहित मिटरब्याजी पीडितहरू पैदलै काठमाडौं तर्फ 
'तमसुक व्यवस्था खारेज गर’ नारा सहित मिटरब्याजी पीडितहरू पैदलै काठमाडौं तर्फ  यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।
महानगरपालिकाद्वारा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १२ हजार जरिवाना
महानगरपालिकाद्वारा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १२ हजार जरिवाना कामपाले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फालेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
अब सर्वसाधारणले नि:शुल्क रानीपोखरी अवलोकन गर्न पाउने
अब सर्वसाधारणले नि:शुल्क रानीपोखरी अवलोकन गर्न पाउने तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
Weather Update