घूसको टेप प्रकरणसँगै थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ खोसियो
बुधबार, फागुन १०, २०७९
बाजुरा केन्द्रविन्दू भएर सुदूरपश्चिम नेपालमा भूकम्प
बुधबार, फागुन १०, २०७९
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बाजुरा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
‘सर्भर डाउन’ हुँदा रोकिएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा
सोमबार, फागुन ८, २०७९
उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
नेशनल जियोग्राफिक सोसाइटीद्वारा एलोइ सी.टी.ओ.लाई आर्थिक सहयोग
सोमबार, फागुन ८, २०७९
एलोइ सि.टि.ओ.ले नेशनल जियोग्राफिक सोशाइटीबाट वातावरण मैत्री सूक्ष्म-उद्यमीहरुलाई व्यवसायिक वित्तपोषणमा पहुँच प्राप्त गर्न सहयोग गर्ने कार्यलाई बढावा दिने प्रयोजनका लागि रकम प्राप्त गरेको छ।
जाडो नसिकिँदै देशका अधिकांश भू-भागमा गर्मी महसुस
आइतबार, फागुन ७, २०७९
नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउँछन् । भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटान लगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ ।
सूर्यविनायक-धुलिखेल सडकमा नयाँ मापदण्ड
आइतबार, फागुन ७, २०७९
उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड ४ लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगा देखि धुलिखेल खण्ड र सूर्यविनायक देखि साँगासम्मको ठेक्का २ चरणमा सम्झौता भएको हो ।
७२औं प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने
आइतबार, फागुन ७, २०७९
साथै ४९ रूपैयाँमा १ दिनका लागि अनलिमिटेड डेटा र अननेट १०० मिनेट भ्वाइस उपलब्ध हुनेछ ।
पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै राख्ने सरकारको निर्णय
शुक्रबार, फागुन ५, २०७९
हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ
शुक्रबार, फागुन ५, २०७९
विभिन्न युट्यूव अन्तर्वार्ता दिदै आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनी विरुद्ध साइबर व्यूरोमा उजुरी गरेपछि व्यूरोले उनलाई पक्राउ गरेको हो ।
भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुँदै
बुधबार, फागुन ३, २०७९
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको जनाए । यो वर्ष अन्तर नगर खो खो प्रतियोगिता हुने उनले जनाए।
बालाजुका डिएसपी रविन विष्टलाई रानीपोखरी तानियो
मंगलबार, फागुन २, २०७९
सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडी लगायत प्रहरीका २ भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।
सेजको निर्माणाधीन भवनको ढलान खस्यो
मंगलबार, फागुन २, २०७९
उक्त भवन निर्माणको जिम्मा काठमाण्डौको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो । सेजको ए ब्लकमा निर्धाणाधिन उक्त प्रदर्शनी भवन सहित चमेना गृह, २ वटा प्रवेशद्धार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो ।
द्वन्द्वपीडित र नागरिक समाजद्वारा ‘जनयुद्ध दिवस’ मनाउने निर्णय विरुद्ध विरोध तथा ब्यानर प्रदर्शन
सोमबार, फागुन १, २०७९
सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन्। सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रदै फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन्, ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानर सहित उनीहरुले प्रदर्शन गरेका हुन्।
साताको लोकप्रीय