ललितपुर जिल्ला अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा
सोमबार, असार १८, २०८०
मुस्ताङ्गी राजकुमारको विवाह हुने भएकाले आज मुस्ताङको लोमान्थाङमा सार्वजनिक विदा
सोमबार, असार १८, २०८०
मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा 'राजकुमार' झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहका लागि आज गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
ललिता निवासको जग्गामा तारबार लगाउँदै काठमाडौं महानगर
आइतबार, असार १७, २०८०
ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।
नारायणगढ मुग्लिन सडक २८ घण्टा पछि खुल्यो
शुक्रबार, असार १५, २०८०
सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । चौबीस घण्टा भन्दा बढी समयदेखि सडक बन्द हुँदा यो सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका थिए ।
४ जनाको टोली मुर्रा राँगा लिन भारत जाँदै
शुक्रबार, असार १५, २०८०
मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशक सहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।
सरकारले ऋण लिएर बनाएको 'चोभार सुक्खा बन्दरगाह' उद्घाटनको १५ महिनासम्म पनि सुनसान
शुक्रबार, असार १५, २०८०
यो बन्दरगाह विश्व बैंकको डेढ अर्ब ऋणमा निर्माण सम्पन्न भएर २२ चैत २०७८ देखि औपचारिक रूपमै सञ्चालनमा आएको थियो । बन्दरगाह सञ्चालनमा आए पनि अहिलेसम्म यसको प्रयोग भने बढ्न सकेको छैन । सरकारले भौतिक पूर्वाधार निर्माण सकिए पछि यसको सञ्चालनका लागि भन्सार सहितका कर्मचारी खटाएको छ ।
ओखलढुङ्गामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त
शुक्रबार, असार १५, २०८०
जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ।
कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध
शुक्रबार, असार १५, २०८०
करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढ लगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्। सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ।
बरिष्ठ कलाकार किरण के.सी (राता मकै)को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम
बिहीबार, असार १४, २०८०
"हरेक रक्तदाता ज्यूँदो भगवान हुन्" भन्ने मूल मन्त्रका साथ यही असार १५ गते शुक्रवार इमाडोलस्थित इन्द्रेणी ब्याङ्क्वेट राता मकै चोकमा बिहान ८ देखि अपरान्ह २ बजेसम्म वृहत रक्तदान कार्यक्रममा सहभागी हुन महालक्ष्मी नगरपालिका लगायत सम्पूर्ण शुभेच्छुकहरूलाई आव्हान गर्नुभएको छ।
बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई ५ हजार प्रोत्साहन भत्ता दिने
बुधबार, असार १३, २०८०
मधेशमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप ५ हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन।
पशुपतिनाथको जलहरी अपराह्न ४ बजे पछि पुनर्स्थापित गरिने
बुधबार, असार १३, २०८०
उजुरीको २ वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ। पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।
काठमाडौं शहरको वायु विश्वकै प्रदुषित शहरको सूचीमा
मंगलबार, असार १२, २०८०
‘वर्ल्ड अफ स्टाटिस्टिक’का अनुसार विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ । प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र तेस्रोमा भारतको फरिदावाद रहेका छन् ।
अलिबाबाका संस्थापक 'ज्याक मा' अचानक नेपालमा
मंगलबार, असार १२, २०८०
नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केट प्लेस तथा ईकमर्स साइट दराजमा ज्याक माको कम्पनी अलिबाबाको लगानी रहेको छ । तर उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।
साताको लोकप्रीय