Kath khabar
गोदावरी माथिको डाँडामा डढेलो
गोदावरी माथिको डाँडामा डढेलो बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। रातभरी डढेलो लागिरहेको स्थानीयवासीले बताए । 
मनसुनी वायु भारतको केरला आइपुग्यो, नेपालमा कहिले भित्रिएला ?
मनसुनी वायु भारतको केरला आइपुग्यो, नेपालमा कहिले भित्रिएला ? झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा ५ दिन लाग्ने मौसमविद् लामिछानेले बताए । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उनको भनाइ छ ।
मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा 'भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,' 'त्यही भएर स्वतन्त्र मेयर भएका कारण 'टिट फर ट्याट' गर्न सचिवालयमा ग्रेटर नेपालको नक्सा राखिएको हो।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन बुटवल उपमहानगरपालिका-३ गोलपार्क बमघाट देखि पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरसम्म झन्डै ३ किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।
नियमावली अनुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक, अनुमतिपत्र खारेज हुनसक्ने
नियमावली अनुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक, अनुमतिपत्र खारेज हुनसक्ने महानगरले काठमाडौं प्रज्ञाकुञ्ज, ब्रिटिश गोरखा स्कूल, काठमाडौं गुरुकुल, हिमालयन ह्वाइट हाउस, ग्रामर स्कूल, पाठशाला, ज्ञानकुञ्ज, बर्नहार्ड, भद्रा घले शिक्षालय, कौटिल्य, साईपाल एकेडेमी लगायत ३४२ विद्यालयको नाम सार्वजनिक गरेको छ।
अब सरकारी कर्मचारीले चढेको गाडी अवकाश पछि पैसा तिरी आफैँ लैजान पाउने
अब सरकारी कर्मचारीले चढेको गाडी अवकाश पछि पैसा तिरी आफैँ लैजान पाउने सामान्यतया सचिव र सहसचिवले चारपांग्रे गाडीको सुविधा पाउँछन्। त्यसबाहेक कार्यालय प्रमुखले सवारी साधनको सुविधा पाउँछन्। तल्लो तहका कर्मचारीलाई मन्त्रालयले मापदण्ड बनाएर दुईपांग्रे सवारी साधनको सुविधा समेत दिइरहेका छन्।
हुक्का तथा भेप (इ-सिगरेट)  सेवनले दिमागमा कत्ति गर्छ असर ?
हुक्का तथा भेप (इ-सिगरेट)  सेवनले दिमागमा कत्ति गर्छ असर ? ई-सिगरेट र हुक्काले पनि अरू सुर्तीजन्य पदार्थहरू जस्तै, चुरोट, बिँडी, सिगार जत्तिकै स्वास्थ्यमा असर गर्ने भएकाले यसको सेवन नगर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।
गर्मीले हायल कायल जनजीवन, मनसुन अझै १० दिन टाढिँदै
गर्मीले हायल कायल जनजीवन, मनसुन अझै १० दिन टाढिँदै मध्य पहाडी क्षेत्रमा पनि तापक्रमले थ्रेसहोल्ड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार देशभरका २४८ वटा वर्षा मापन केन्द्रमध्ये १५ वटामा मात्रै वर्षा भएको पाइएको थियो । यस्तै, ३३ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको थियो ।
तराई क्षेत्रमा आउँदो ५ दिन 'लु' लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी
तराई क्षेत्रमा आउँदो ५ दिन 'लु' लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुर लगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । तातो हावा तथा 'लु' का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ...
टिकटक बनाउनेको भिडले कर्णाली नदीको पुलमा दुर्घटनाको जोखिम बढ्दो
टिकटक बनाउनेको भिडले कर्णाली नदीको पुलमा दुर्घटनाको जोखिम बढ्दो ‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुन समेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ ।
सरकारले बनाएको मिटरब्याज पीडित आयोगमा पर्यो साढे २१ हजार निवेदन
सरकारले बनाएको मिटरब्याज पीडित आयोगमा पर्यो साढे २१ हजार निवेदन अहिलेसम्म आयोगले पीडितसँग मात्र छलफल गरेको छ। पीडक आयोगसँग छलफल गर्न आएकै छैन। सिराहा, जनकपुर, धनुषामा साहुहरू मिलेर छुट्टै संगठन खोलेका  छन्। उनीहरूले मिटरब्याजी पीडकको नाममा मानसिक यातना दिएको भन्दै आवाज उठाइहेका छन्।
काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने
काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने ‘आज पनि यहाँ अधिकत तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्ने देखिन्छ, काठमाडौं उपत्यका बाहिर सिमरा, भैरहवा जस्ता ठाउँमा त अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बुधबार सबैभन्दा बढी तापक्रम सिमरामा ४१.२ डिग्री सेल्सियस देखिएको छ।
Weather Update