Kath khabar
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए।
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो पछि काठमाडौं सहित पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसो पछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने काठमाडौं उपत्यकामा बिहानै देखि पारिलो घाम लागे पनि दिउँसो बदली र वर्षा हुने सम्भावना छ।
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा त्यस्तै, महानगर भित्र कवाडी सामान संकलन गरेर सडकमै राख्ने २ जनालाई पनि नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यो सँगै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको सामाजिक सञ्जाल मार्फत मेयर शाहले जानकारी दिएका छन् ।
३ दिनदेखि फरार 'मेयर' देवकुमार नेपाली खोज्न प्रहरी परिचालन
३ दिनदेखि फरार 'मेयर' देवकुमार नेपाली खोज्न प्रहरी परिचालन नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।
वीरगञ्जमा थन्किएका १,९५० नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा ल्याउन समितिको आग्रह 
वीरगञ्जमा थन्किएका १,९५० नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा ल्याउन समितिको आग्रह  नयाँ गाडीहरूको आयातको लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एलसी खोलिएको र सोही बमोजिम नयाँ गाडीहरू चोभार सुक्खा बन्दरगाह काठमाडौंमा भन्सार जाँचपास हुने नाडाका अध्यक्षज्य ध्रुव थापाले जानकारी गराए। 
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने 
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने  ‘हफ अन हफ अफ बस’ मंगलबार देखि परीक्षणका रुपमा चल्ने भएको छ । बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ । नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।
बल्खुको सुमोपार्क रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन
बल्खुको सुमोपार्क रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो।
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध
सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फी बाटो अवरुद्ध भएको हो । सडक बिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम शुरु गरिएको छ ।
उद्योगीले रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना
उद्योगीले रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना आर्थिक बर्ष २०७१/७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।
Weather Update