Kath khabar
थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार
थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।
१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त
१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन् ।     
क्रोएसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ
क्रोएसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई पक्राउ गरेको हो । 
ठूलो परिमाणमा अवैध काठ बरामद
ठूलो परिमाणमा अवैध काठ बरामद वन, प्रहरी र जनप्रतिनिधि सहितको टोलीले विशेष अपरेसन गर्दै घर, आँगनबाटै काठ बरामद गर्दासमेत शंकास्पद कुनै पनि व्यक्तिलाई पक्राउ नगरिएको विषयमा स्थानीयले वन कार्यालयमाथि शंका व्यक्त गरेका छन् । काठ तस्कर भगाएर काठ मात्रै बरामद गरेर पछि बेवारिसे देखाउने हो कि भन्ने स्थानीयको आशंका छ । 
सुनचाँदी राखेको २५० किलोको ‘सेफ’ चोरी
सुनचाँदी राखेको २५० किलोको ‘सेफ’ चोरी पसल सञ्चालकको केही समयअघि दुर्घटनामा परेर निधन भएको थियो । केही दिनअघि मात्रै खोलिएको पसलबाट सेफसहित चोरी भएकाले घटना रहस्यमय भएको प्रहरी निरीक्षक मरासिनीले बताए ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
 सिभिल मलमा पुरुष द्वारा आत्मदाहको प्रयास, ट्रमा सेन्टरमा उपचार हुँदै
 सिभिल मलमा पुरुष द्वारा आत्मदाहको प्रयास, ट्रमा सेन्टरमा उपचार हुँदै अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए। 
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ महिलालाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
टिकटक मार्फत अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
टिकटक मार्फत अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ मल्लले ‘क्विक क्यास’ नामक टिकटक  आईडीहरु खोली २ वटा ई-सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ 
डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ  ललितपुरको झरुवारासी एरियामा उनी लगायतका व्यक्तिहरुले डाँका गर्न जाने क्रममा साविक झरुवारासी गाविस-३ त्रिवेणीघाटमा मोटरसाईकल रोकी बसिरहेका ४२ वर्षीय श्रवण खड्कालाई डकैती गर्ने क्रममा उनीहरुले सो व्यक्तिलाई गोली प्रहार गरी ज्यान मारेको अनुसन्धानबाट खुल्न आएको छ ।
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ 
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ  फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो । 
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ 
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ  वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।
Weather Update