ललितपुरको सुनाकोठीस्थित वडा कार्यालयमा चोरी
बुधबार, माघ ४, २०७९
सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, माघ ४, २०७९
पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
हत्या गरेको अभियोगमा पक्राउ
सोमबार, माघ २, २०७९
भानु नगरपालिका-६ टुहुरे पसलस्थित भित्री सडकमा सन्तबहादुरलाई परियारले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रवती र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोमबार, माघ २, २०७९
सञ्जय पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३ वर्ष ३ महिना कैद र ३९ लाख रुपैयाँ जरिवाना सहित अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
शुक्रबार, पुस २९, २०७९
भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको सम्बोधन विवाद मिलाउने भन्दै अख्तियारका आयुक्त पाठकले लम्बोधर न्यौपाने मार्फत् ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारोक्तिको भिडियो बाहिरिएको थियो ।
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना
बिहीबार, पुस २८, २०७९
कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले ८ लाख ५९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । ०६९ वैशाख देखि असारसम्म ट्रायलमा फेल भएका १,२०० जनाको नतिजामा फेरबदल गरिएको थियो ।
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
शुक्रबार, पुस २२, २०७९
मृतक सन्जिव बहादुर रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण राईलाई बुधबार पक्राउ गरेको थियो ।
आफ्नै छोरा र ज्वाइँले बुबाको हत्या गर्न सुटरलाई दिए ५ लाख सुपारी
बुधबार, पुस २०, २०७९
सम्पत्तिकै विवादका कारण प्रदीप दासले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला
बुधबार, पुस २०, २०७९
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा चरेस नियन्त्रण ऐन, २०३३...
बालबालिका लक्षित लागुऔषधको ‘हटस्पट’ बन्दै जुम्ला
बुधबार, पुस २०, २०७९
जुम्ली अभिभावकलाई आगुऔषधको दुर्व्यसनबाट बालबच्चालाई जोगाउनै मुस्किल हुने अवस्था आएको छ। कुलतमा फसेका कतिपय बालबच्चालाई अभिभावकले सुधारगृहमा भर्ना गरेका छन्। जिल्लामा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।
गहना लुट्न, दुध लिन गएकी ६० वर्षीया बृद्धाको ढुंगा र हँसियाले हानेर हत्या
मंगलबार, पुस १९, २०७९
पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ
सोमबार, पुस १८, २०७९
उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
डिएसपी ठगबहादुर केसी निलम्बित
बिहीबार, पुस १४, २०७९
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
साताको लोकप्रीय