Kath khabar
१० करोड घुस मागेको अडियो प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
१० करोड घुस मागेको अडियो प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक  उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ ।
फेक आइडी मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ
फेक आइडी मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मिटरब्याजी दिलिप साह हातहतियार सहित पक्राउ
मिटरब्याजी दिलिप साह हातहतियार सहित पक्राउ धनुषाका प्रहरी नायव उपरीक्षक दिपककुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले मिटरब्याजी साहको घर तथा पसलको खानतलासी गर्दा हातहतियार तथा गोली सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर हत्या गर्ने दम्पति पक्राउ
श्रीमतीलाई जिस्काएको निहुँमा हम्मरले हानेर हत्या गर्ने दम्पति पक्राउ दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
‘नेपाली केटी’ एप्स मार्फत २० जनाको ५१ लाख रुपैयाँ चोरी गर्ने  ८ जना पक्राउ
‘नेपाली केटी’ एप्स मार्फत २० जनाको ५१ लाख रुपैयाँ चोरी गर्ने ८ जना पक्राउ अपरिचित नम्बरमा 'नेपाली गर्ल' एप्स मार्फत कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले...
प्रतिनिधि सभाका सांसद चौधरी पक्राउ
प्रतिनिधि सभाका सांसद चौधरी पक्राउ कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । केहीदिनदेखि फरार सूचीमा रहेको उनको मुद्दाको बारेमा समाचार आएको थियो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ   
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ    बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ  विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न २ जना पक्राउ 
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न २ जना पक्राउ  मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी लगाई दिने र सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाईदिन्छु भन्ने प्रलोभन देखाई गत मंसिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लागी त्यहाँ रहेका अन्य एजेन्टहरु मार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री...
९ केजी १३५ ग्राम सुन सहित युएई मूलका क्यानेडियन नागरिक पक्राउ 
९ केजी १३५ ग्राम सुन सहित युएई मूलका क्यानेडियन नागरिक पक्राउ  स्रोतका अनुसार सुन तस्करले भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाऊँदै आएका छन् । गत महिना १९ केजी सुन सहित २ सुडानी नागरिक पक्राउ परेका थिए ।
धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ
धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । बाँकी ३ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्षपछि भेटियो शौचालयको खाडलमा पुरेको श्रीमानको शव, श्रीमती र छोरा पक्राउ
५ वर्षपछि भेटियो शौचालयको खाडलमा पुरेको श्रीमानको शव, श्रीमती र छोरा पक्राउ २०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमान काले कामीलाई निधारमा लाठीले हानेर हत्या गरेको, मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए। खाडलमा पूरै दाँत सहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो।
एकै रातमा गाउँभरि श्रृंखलाबद्ध रुपमा चोरी
एकै रातमा गाउँभरि श्रृंखलाबद्ध रुपमा चोरी वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । सिरुबारीका क्याप्टेन पूर्णबहादुर गुरुङको घरबाट ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगिएको छ ।
Weather Update