नेपाल टेलिकमको रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गर्दा बोनस डाटा पाइने
सोमबार, मंसिर १९, २०७९
रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म...
ई-सिमबारे जान्नैपर्ने ७ कुरा
आइतबार, मंसिर १८, २०७९
ई-सिम सपोर्ट गर्ने फोनमा कम्तीमा ३ ओटा ई-सिम प्रोफाइल बनाउन सकिने बताइएको छ । यसको अर्थ तपाईँले एउटै मोबाइलमा ३ ओटासम्म ई-सिम प्रोफाइल तयार पार्न सक्नुहुन्छ । तर, एकपटकमा एउटा मात्र ई-सिम सक्रिय हुन्छ ।
सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटीको फिचर
आइतबार, मंसिर ११, २०७९
एन्ड्रोइड १४ मा पनि स्याटेलाईट कनेक्टिभिटी फिचर सार्वजनिक हुनेछ । सामसङले यस फिचरका लागि विगत २ वर्ष देखि काम गर्दै आएको थियो । यसका लागि फोनमा सानो एन्टीना समेत हुन सक्नेछ ।
ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा
आइतबार, मंसिर ११, २०७९
यसमा सन् २०२२ को ४८.७ करोड मोबइल नम्बरहरु बिक्रीमा राखिएको पाइएको छ । ब्रिच भएको डेटामा ८४ देशहरुका डेटा समावेश गरिएका छन् । अमेरिकाको डेटासेट ७ हजार डलरमा बिक्रीमा राखिएको छ । बेलायतको डेटाबेस २ हजार ५०० डलरमा विक्रिमा राखिएको छ । यी नम्बर मार्केटिङ तथा फिशिङ कुनै पनि कारणका...
गुगल म्यापमा नेपालको सडकमा ट्राफिक जाम भए नभएको लाइभ हेर्न सकिने
बिहीबार, मंसिर ८, २०७९
म्याप सुरु गरेको झन्डै २ वर्षपछि अर्थात् सन् २००७ मा गुगलले पहिलो पटक सडकको 'रियल टाइम' ट्राफिक अवस्था देखाउने फिचरमा झन्डै १५ वर्षपछि नेपाल समेटिएको छ । जसमा निलो रङ्गले जाम नभएको, पहेँलो रङ्गले सडक व्यस्त अर्थात सवारीहरूको सङ्ख्या धेरै भए पनि चलिरहेको र रातो रङ्गले ट्राफिक जाम भइरहेको बुझाउँछ...
अब एउटै ह्वाट्सएप अकाउन्ट ५ वटा फोनमा प्रयोग गर्न सकिने
सोमबार, कात्तिक २८, २०७९
यसलाई ह्वाट्सएपको कम्प्यानियन मोड भनिन्छ । यो फिचरमा ह्वाट्सएपमा लामो समयदेखि काम गरिरहेको थियो । कम्प्यानियन मोड पहिले देखिनै पिसीहरुका लागि उपलब्ध रहेको थियो ।अब भने फोनका लागि पनि यो मोड उपलब्ध हुने भएको छ । यो मोडलाई लिंक विथ योर फोन फिचर पनि भनिन्छ ।
किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड
आइतबार, कात्तिक २०, २०७९
यसले किशोरकिशोरीहरुले एपमा के गरिरहेका छन्, कसलाई फलो गरेको छन् वा उनीहरुलाई कसले फलो गरेको छ भनेर पनि हेर्न सकिन्छ । यो प्यारेन्टल मोड १३ देखि १७ वर्षका किशोर किशोरीहरुलाई लक्षित गरेर बनाइएको हो । यो मोड अन गर्नका लागि दुवै पक्षको इन्स्टाग्रामको अपडेटेड भर्सन हुनुपर्ने हुन्छ ।
ट्वीटरका संस्थापक ज्याक डोर्सी द्वारा नयाँ सामाजिक सञ्जाल ब्लुस्काईको घोषणा
बिहीबार, कात्तिक १७, २०७९
मस्क र ट्वीटरबीचको कानूनी लडाइँका क्रममा सार्वजनिक भएको डोर्सी र मस्कबीचको गोप्य च्याटमा डोर्सीले नयाँ प्लेटफर्म आवश्यक भएको बताएका थिए । उनले नयाँ सामाजिक सञ्जाल कम्पनी नहुने र यसमा ओपन सोर्स प्रोटोकल रहने बताएका थिए ।
ट्विटरमा ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको घोषणा
बुधबार, कात्तिक १६, २०७९
नयाँ मालिक एलन मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ ।
साताको लोकप्रीय