Kath Khabar
रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी
रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ ।
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताउनुभयो । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो ।
रवि लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु हुँदै
रवि लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु हुँदै लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो ।
रवि लामिछानेको सांसद पद निलम्बन !
रवि लामिछानेको सांसद पद निलम्बन ! सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ अनुसार कुनै पनि राष्ट्रसेवक थुनामा रहेको अवस्थामा वा उनीमाथि मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने प्रावधान छ ।
Weather Update