Kath khabar
पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार
पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । बसमा ४८ जना यात्रु सवार रहेका र ३ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।  दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो । 
जुम्लामा जडिबुटी मिसाएको खानेकुरा खाँदा १ जनाको मृत्यु ३ जना आईसियुमा
जुम्लामा जडिबुटी मिसाएको खानेकुरा खाँदा १ जनाको मृत्यु ३ जना आईसियुमा मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्री हुन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
आगोले जलेर २ जनाको मृत्यु
आगोले जलेर २ जनाको मृत्यु आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन : नागरिक उड्डयन प्राधिकरण
सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन : नागरिक उड्डयन प्राधिकरण एउटा फेसबुकमा लाइभ भएको भिडिओ देखिन्छ। त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ। यसमा सत्यता छैन।
'विमान दुर्घटना जाँच आयोग'ले काम शुरु गर्‍यो
'विमान दुर्घटना जाँच आयोग'ले काम शुरु गर्‍यो दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।
विमानको ब्ल्याक बक्स सेती खोँचमा भेटियो
विमानको ब्ल्याक बक्स सेती खोँचमा भेटियो “ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,”
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए। खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए।
आगोबाट जोगाएको सामान चोरबाट जोगाउन सकेनन् बाक्सिला बजारका आगलागी पीडितले
आगोबाट जोगाएको सामान चोरबाट जोगाउन सकेनन् बाक्सिला बजारका आगलागी पीडितले एउटा घरलाई स्काभेटर लगाएर नभत्काएको भए बाक्सिलामा थप क्षति पुग्ने थियो । आगो निभाउने क्रममा खानेपानीका पाइप काटिएका छन् । ५ घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य बिग्रिएको छ ।
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फोटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको छ ।
पृथ्वी राजमार्गमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु
पृथ्वी राजमार्गमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।
Weather Update